७ श्रावण २०८३, बिहिबार

बाराही हाइड्रोपावरको साधारण सभा चैत २७ गते, के के छन् एजेण्डा ?



काठमाडौं । बाराही हाइड्रोपावर वब्लिक लिमिटेडले सातौं वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली,काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले संस्थापक तर्फबाट ४ जना, सर्वसाधारण तर्फबाट १ जना र १ जना स्वतन्त्र संचालकबाट थप १ जना निर्वाचित गर्न निर्वाचनको कार्यक्रम सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्