मोरङ सुगर मिल्सको साधारण सभा चैत २७ गते, के के छन् एजेण्डा
काठमाडौं । मोरङ सुगर मिल्सले ५४ औं साधारण सभा चैत २७ गते बोलाएको छ । सभा बीग होटल विराटनगरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा सञ्चालक समीतिको वार्षिक प्रतिवेदनमा छलफल गर्ने एजेन्डा पनि छ । यसैगरी, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षक प्रतिवेदन सहित नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतमा छलफल गरी पारित गर्ने एजेन्डा राखिएका छन् । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि मोरङ सुगर मिल्सले चैत १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ चैत १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग दिन सक्नेछन् ।













