मध्य भोटेकोशी जलविद्युतका सीइओ शिवाकोटीको कार्यकाल थप
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम गोपाल शिवाकोटीको करार सेवा सम्झौताको म्याद थप गरेको छ ।
शिवाकोटीको म्याद चैत ८ गते सकिएको हुदाँ चैत ३ गते बसेको संचालक समितिको बैठकले करार सेवा सम्झौता म्याद ३ वर्षका अर्थात २०८२ चैत ८ गतेसम्मका लागि थप गरेको हो ।












