यस्तो छ बुद्धभुमि नेपाल हाइड्रोपावरको १४औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौै । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा फागुन ५ गते वालनट बिस्ट्रो एण्ड ब्याक्वेट पानीपोखरीमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोगलाई अनुमोदन गर्ने ,आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।













