७ श्रावण २०८३, बिहिबार

न्यादी हाइड्रोपावरको साधारण सभा भोलि, के के छन् एजेण्डा



काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा भोलि (चैत ६ गते) का लागि बोलाएको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले सभा कार्की ब्याङक्वेट बबरमहल काठमाडौंमा बिहान ११बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वित्तीय विवरण माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला संचालक सहित २ जना संचालक चयन गर्ने समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्