७ श्रावण २०८३, बिहिबार

सिक्लेस हाइड्रोपावरको १०.५२६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको हुदाँ चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा बोलाएकोछ । सभा आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै, सभाले सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्