यामाहाको एफजेड भि थ्री एक्स नेपालमा, कति पर्छ मूल्य ? « Arthapath.com
१६ कार्तिक २०७८, मंगलवार

यामाहाको एफजेड भि थ्री एक्स नेपालमा, कति पर्छ मूल्य ?



काठमाडौँ । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज यामाहाको एफ जेड भि थ्री  कनेक्ट एक्स मोडल सार्वजनिक गरेको छ । 

कम्पनीले सो बाइक सोमबारदेखि आधिकारिक रूपमा नेपालमा विक्री सुरु गरेको छ । एमएडब्लुले यामाहाको एफ जेड–१६ पहिलो पटक २०६५ सालमा “लर्ड अफ द स्ट्रिट” नाराको साथ नेपाली बजारमा ल्याएको हो । यामाहाले नेपालमा सोमबारदेखि अत्याधुनिक ब्लुटुथ जडित एफजेड एक्स एफआई विक्री सुरु गरेको जनाएको छ । 

कार्यक्रममा यामाहाका सीईओ राजु क्षेत्रीले यामाहासंग नेपालमा भएका नयाँ फिचर र युवा आकर्षित बाइक रहेको दाबी गरे । उनले ३५ वर्षको यामाहाको बजारमा रुचाएर उत्कृष्ट कम्पनी बनाउन सहयोग गर्नुभएकोमा सबैलाई धन्यावाद दिए । यामाहाको बाइक एभरेस्ट बेस क्याम्पमा पुग्न सफल हुने पहिलो बाइक हो । 

नेपाली बजार मूल्य ३७९,९००/– रुपियाँ रहेको भि–थ्रीमा सबैभन्दा ठुलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्ले स्टोर र आइओएसमा पाइने “यामाहा मोटरसाइकल कनेक्ट एक्स” निःशुल्क डाउनलोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिनेछ ।

यस्ता छन् विशेषता ? 

ब्लुटुथको प्रविधिको पहिलो सुविधा रहेको छ “सन्सर ब्याक” । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिक्क झिमक बल्नु थाल्नेछ र हर्न बज्नु थाल्नेछ जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउन सक्नेछन् ।

यस प्रविधिको दोस्रो सुविधा रहेको छ, “इ–लक” व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदि तपाईँले इ–लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईँको मोटरसाइकलको चाबीले मात्र तपाईँको बाइक चालु गर्न सक्ने छैन यदि सो व्यक्तिलाई तपाईँको गोप्य अन लक प्यट्रन थाहा नभइन्जेलसम्म । “इ–लक” प्याट्रन मूलतः आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको बताइन्छ ।

“लाकेट माई बाइक” ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डसम्म लगातार बल्ने छ । बिशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहनेछ ।त्यसै गरी “राइडिङ्ग हिस्ट्री” यसको चौथो ब्लुटुथ सुविधा हो । “राइडिङ्ग हिस्ट्री”द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

“पार्किङ रेकर्ड” पाँचौँ सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउन सक्नेछ । यसको छैटौँ सुविधा रहेको छ “हजार्ड” । “हजार्ड” सुविधाले चालकलाई सडकको सम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ । 

एफ जेड भि थ्री  कनेक्ट एक्स मोडलको एमएडब्लुका सिइओ राजु क्षेत्रीले “ब्लुटुथ सुविधा बाहेक बाइक १३५ केजीको हल्का वजनको यस बाइक १४० सेक्सनको रेडीयल टायर राखिएको बताए । बाइकमा साइड स्ट्यान्ड हटाइएको छ साथै बिएसभिआइ र एबिएसजस्ता अपग्रेड गरिएको छ ।“ यामाहाको “हरेक  एफ जेड सिरिजले हरेक पल्ट ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइक प्रेमीहरूका मन जित्न सफल भइरहेको छ । यस पटक पनि नेपाली बाइक –प्रेमीहरूका मन जित्छ भन्ने विश्वास राखेका छौँ ।” क्षेत्रीले थप्नुभयो ।

यामाहा एफजेड एस एफआईको नेपाली बजारमा ३ लाख ८४ हजार ९ सय मूल्य रहेको एमएडब्लुका एमडी गोपाल अग्रवालले बताए । 


प्रतिक्रिया दिनुहोस्