टिभिएसको मोटरसाइकल तथा स्कूटर मात्र ५,९९९ मा « Arthapath.com
४ माघ २०७८, मंगलवार

टिभिएसको मोटरसाइकल तथा स्कूटर मात्र ५,९९९ मा



काठमाडौं । नेपाली अटो बजारमा बढीरहेको महंगीसँग जुधन टिभिएस ले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंन बाट नै डाउन पेमेन्ट तिरेर नयाँ टिभियस चढेर जान पाउनेछन् । यसरी ग्राहकले मासिक न्युनतम मात्र ५,९९९ सम्म तिर्नुपर्ने हुन्छ ।

यति मात्र नभयी ग्राहकहरुले बिना ब्याज तथा डाउन स्पट एक्सचेन्ज भुक्तानीको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुनेछ।

ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लीएर आएका हौं। हामी सधैव हाम्रो ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौ र आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहने जगदम्बा मोटर्सका सिईओ दिपक अग्रवालले बताए ।


जगदम्बा मोटर्स प्रा।लि। नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।


प्रतिक्रिया दिनुहोस्