नारायणी अटो बिजनेशद्धारा ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ सोरुम शुभारम्भ « Arthapath.com
१३ जेष्ठ २०८०, शनिबार

नारायणी अटो बिजनेशद्धारा ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ सोरुम शुभारम्भ



काठमाडौं । सिएट सप नामक सिएट टायरको नयाँ शोरुम सञ्चालनमा आएको छ । सिएट टायरको आधिकारिक विक्रेता नारायणी अटो बिजनेश प्रा.लि.ले ललितपुरको बालकुमारीमा सो शोरुम सञ्चालनमा ल्याएको हो ।

सिएट इंडिया अन्तर्गत अन्तरराष्ट्रिय भाइस प्रेसिडेन्ट सत्य रावले सो शोरुमको उद्घाटन गरेका थिए । ‘सिएट टायरको यस नँया सोरुमले नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने मलाई विश्वास छ, यस कम्पनीसँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक छौं,’ कार्यक्रममा बोल्दै उनले भने ।

यस्तै, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफÞुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न यो शोरुम एक कोशेढुंगा सावितद हुने उनको भनाइ छ ।

यसैगरी, कार्यक्रममा बोल्दै एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले सो टायर नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड भएको बताए । उनले भने, ‘हामी निरन्तर उनीहरुलाई गुणस्तरीय एवम भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।’

अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले पाँच ताराको मान्यता प्राप्त गरेको छ । गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ । त्यसैगरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्ने कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार सो सोरुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट दिने छ ।


प्रतिक्रिया दिनुहोस्