किन्ने होइन त साढे १२ हजारदेखि ९० हजारसम्मको मूल्यमा थरी थरीका बाइक ? बुलेट बाइक मात्रै ५५ हजारमै पाइने ! « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

किन्ने होइन त साढे १२ हजारदेखि ९० हजारसम्मको मूल्यमा थरी थरीका बाइक ? बुलेट बाइक मात्रै ५५ हजारमै पाइने !



काठमाडौं । विभिन्न ब्रान्डका पाँच दर्जन मोटरसाइकल सस्तो मूल्यमा किन्ने मौका छ । जनकपुर भन्सार विभागले ६१ वटा मोटरसाइकालका साथै पत्रु लिलाम बिक्री गर्न लागेको हो ।

विभागले बजाज, टिभिएस, हिरो, हन्डा, यामहा, रोयल इनफिल्डजस्ता कम्पनीका ६१ वटा मोटरसाइकलहरु लिलाम बिक्रीमा राखेको छ ।

भन्सार विभाग अन्तर्गतको जनकपुर भन्सार कार्यालयले भन्सार नियमावली, २०६४ को नियम ३५ (१) बमोजिम बिक्री गर्न लागेको हो । ती बिक्रीमा रहेको सवारीको न्युनतम मूल्य भने साढे १२ हजारदेखि ९० हजार रुपैयाँसम्म तोकिएको छ । योमध्ये रोयल इन्फिल्ड (बुटेल बाइक) को मूल्य ५५ हजार रुपैयाँ तोकिएको छ।

यसका साथै पुन: सवारी साधनको प्रयोग नगर्ने गरि पत्रुमा लिलाम बिक्रीका लागि विभिन्न १२४ थान मोटर साइकल पनि रहेको विभागले जनाएको छ । त्यसको मूल्य भने न्युनतम ७ लाख ५० हजार ५५० रुपैयाँ तोकिएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना


प्रतिक्रिया दिनुहोस्