माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड ले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिर्दै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर ० प्रतिशत ईएमआईमा पाउने ब्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले बिएचसि इन्टरनेशनल प्राइबेट लिमिटेडसंग सम्झौता गरि बैंकको Instapay सुविधा मार्फत इलेक्ट्रोनिक ओकिनावा स्कुटर ० प्रतिशत ईएमआई पाउने ब्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा बिएचसि इन्टरनेशनल प्राइबेट लिमिटेडको तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लि राम गिरीले हस्ताक्षर गर्नुभएको थियो ।

पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्