प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा



काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम बैशाख १३ गते बसेको संचालक समितिको बैठकले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्