सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट



काठमाडौं । सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट पाउने भएका छन् । आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदी देखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकार शुरु भएको परिप्रेक्षमा सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको के्र्रडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्