आज कतिमा खुल्छ सानिमा बैंकको सेयर कारोबार ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

आज कतिमा खुल्छ सानिमा बैंकको सेयर कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा बैंकको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसंगै नेप्सेले मूल्य समायोजन गरेको हो । समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २४७ रुपैयाँ १८ पैसा निर्धारण भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारामा बैंकको सेयर मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसा रहेको थियो । अब बैंकको सेयर १४७ रुपैइाँ १८ लाई आधार मानेर कारोबार खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्