डिजिटल बैंकिङमा फड्को मार्दै माछापुच्छ्रे बैंक, नेपालमै पहिलोपटक We Chat Wallet को भुक्तानी सेवा « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

डिजिटल बैंकिङमा फड्को मार्दै माछापुच्छ्रे बैंक, नेपालमै पहिलोपटक We Chat Wallet को भुक्तानी सेवा



काठमाडौं । अहिले बजामा बैंकहरु ग्राहाकहरुलाई कसरी प्रविभिमैत्री सेवा दिन सकिन्छ भनेर प्रतिस्प्रर्धा गरीरहेका छन । बैंकहरुले डिजिटल बैंकिङको सेवामा अग्रसर भैरहेका छन । यसै सन्र्दभमा माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक We Chat वालेटको भुक्तानी सेवा भित्र्याएको छ ।

नयाँ प्रविधि भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै We Chat वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसंग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि We Chat वालेटबाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले First Pay Technology Pvt. Ltd. संगको सहकार्यमा उक्त We chat wallet संचालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउदै आएको माछापुच्छ्रे बैंकले पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित बंैकिङ्ग सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्