जनता बैंकलाई मर्ज गरेको ग्लोवल आइएमई बैंकको नाफा ३ अर्व १४ करोड « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

जनता बैंकलाई मर्ज गरेको ग्लोवल आइएमई बैंकको नाफा ३ अर्व १४ करोड



काठमाडौं । जनता बैंक नेपाललाई मर्ज गरेको ग्लोवल आईएमई बैंकले गत आवमा ३ अर्व १४ करोड नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले अघिल्लो आव २०७५/७६ मा नाफा २ अर्ब ७५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । जनता बैंक मर्ज गरेपछि उसको ३९ करोड नाफा बडेको छ ।

दुई बाणिज्य बैंक मर्जर गरेर १८ अर्ब ७५ करोड चुक्ता पूँजी पुर्याएको ग्लोबल आइएमई बैंकले २ खर्व १२ अर्व निक्षेप संकलन गरी १ खर्व ८९ अर्व कर्जा लगानी गरेको छ । बैंकको रिजर्बमा ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

कोरोनाको कारण ग्लोबल आइएमई बैंकको खराव कर्जाको प्रतिसत भने केही बढेको देखिन्छ । अघिल्लो आवमा ०।५५ प्रतिशत रहेको एनपीएल गत आवमा भने १।८० प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्