नेपाल बंगलादेश बैंकले कमायो १ अर्व २४ करोड, २१.६२ प्रतिशतले नाफा घट्यो « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

नेपाल बंगलादेश बैंकले कमायो १ अर्व २४ करोड, २१.६२ प्रतिशतले नाफा घट्यो



काठमाडौं । नेपाल बंगलादेश बैंकले गत वर्ष १ अर्ब २४ करोड ४५ लाख नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ३४ करोडले नफा घटेको छ । अघिल्लो आवमा नेपाल बंगलादेश बैंकको नाफा १ अर्ब ५८ करोड रहेको थियो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष बैंकको नाफामा २१.६२ प्रतिशतले गिरावाट आएको शुक्रबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख गरिएको छ । त्यस्तै बैंकको बैंकको वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार १२ रुपैयाँ रहेको छ ।

गत आवमा २ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको थियो एनबि बैंकले ६६ अर्व ४३ करोड निक्षेप संकलन गरी ५८ अर्व ९६ करोड कर्जा लगानी गरेको छ । चुक्तापुँजी ८ अर्ब ४९ करोड जगेडा कोषमा ४ अर्ब ११ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्