सिद्धार्थ बैंकले अव अनलाइनबाटै क्रेडिट कार्ड दिने, यस्तो छ प्रक्रिया « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

सिद्धार्थ बैंकले अव अनलाइनबाटै क्रेडिट कार्ड दिने, यस्तो छ प्रक्रिया



काठमाडौं । सिद्धार्थ बैंकको अव अनलाइनबाटै क्रेडिट कार्ड दिने भएको छ । कोरोनाको कारण अनलाइन सेवामा प्रतिस्प्रर्धा गरिरहेका बैंकहरुले एकपछि अर्को सुविधा ल्याइरकेका छन ।

यसैक्रममा सिद्धार्थ बैंकले क्रेडिट कार्डको लागि अब बैंकको साखा धाउन नपर्ने भएको छ । अव क्रेडिट कार्डको आवेदन अनलाइनबाटै दिन सकिने भएको छ । बैंकले कोरोनाका कारण हाकहरुले घरबाटै सबै बैंकिङ डिजिटल कारोवार गरुन भन्ने हेतुले अनलाइन क्रेडिट कार्डको सुविधा ल्याएको हो ।

बैंकले यही कात्र्तिक १३ गते देखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने जनाएको छ । अब क्रेडिट कार्डका ग्राहकहरुले भौतिकरुपमा बैंकसम्म पुग्नुपर्ने झण्झट हटेको छ ।

ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नु पूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्न सक्नेछ । साथै, कार्ड तयार भईसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्