एनआईसी एशिया बैंकको स्थामित्वमा रहेको ५६ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
६ बैशाख २०७८, सोमबार

एनआईसी एशिया बैंकको स्थामित्वमा रहेको ५६ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक शेयर आजबाट लिलाममा ल्याएको छ ।बैंकको स्वामित्वमा रहेकोे महुली लघुवित्त वित्तीय संस्थाको ५६ हजार २७० कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७९१ रुपैयाँ तोेकिएको छ भने सो मूल्य भन्दा बढी मूल्य अंकित गरि न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रबन्धक एन आई सी क्यापिटलले जानकारी दिएको छ ।

उक्त लिलामी शेयर खरिदका लागि बैशाख २१ गते मंगलबार सम्म आवेदन दिन सकिन्छ । आवेदन फारम एनआईसी एशिया क्यापिटल बबरमहल काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्