प्रभु बैंकमा यी पदकाे लागी जागिर खुल्याे, यसरी दिनुहाेस आवेदन « Arthapath.com
२७ मंसिर २०७८, सोमबार

प्रभु बैंकमा यी पदकाे लागी जागिर खुल्याे, यसरी दिनुहाेस आवेदन



काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले एक सूचना जारी गर्दे विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले सिबिएस असिस्टेन्ट (जुनियर असिस्टेन्ट) पदका लागि केही, सफ्टवेयर डेभलपर (असिस्टेन्ट टू सुपरभाइजर) पदका लाहि, नेटवर्क असिस्टेन्ट (असिस्टेन्ट) पदका लागि केही र नेटवर्क सुपरभाईजर पदका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

जुनियर असिस्टेन्ट पदका लागि कम्तिमा पनि प्लस टूमा सेकेण्ड डिभिजनमा उतिर्ण भएको हुनुपर्ने छ भने असिस्टेन्ट र सुपरभाइजर पदका मान्यता प्राप्त शैक्षिक संस्थाबाट सूचना प्रविधिमा स्नातक तह द्धितीय तह सेकेण्ड डिभिजनमा उतिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तीले पौष ८ गते कार्यलय समयसम्म बैंकको वेवसाईट https://vacancy.prabhubank.com/ मा गएर अनलाईन आवेदन दिन सक्ने छन् ।

यस्तो छ बैंकले जारी गरेको कर्मचारी आवश्यता सम्बन्धी सुचना :


प्रतिक्रिया दिनुहोस्