बैंकमा रोजगारीको अवसर, महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदको लागि कर्मचारी « Arthapath.com
९ पुष २०७८, शुक्रबार

बैंकमा रोजगारीको अवसर, महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदको लागि कर्मचारी



काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । केन्द्रीय कार्यालय तथा शाखा कार्यलयहरुको लागि विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर केही, सुपरभाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्टका लागि केही, लिगल एण्ड शेयर डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी मागेको छ ।

त्यस्तैगरि बैंकले इन्फरमेशन टेक्नोलोजी डिपार्टका लागि केही, इन्फरमेशन सेक्रेटरी अफिसरका लागि केही, रिलेशनसिप म्यानेजरमा केही र असिस्टेन्ट लेभलका लागि केही, अपरेशन डिपार्टमा सुपरभाइजर,सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीहरु मागेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस २१ गते बैंकिङ समयभित्र बैंकको वेवसाइट https://www.mahalaxmibank.com/career/ मा गएर आवेदन दिनसक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्