एनसीसी बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह « Arthapath.com
२० असार २०७९, सोमबार

एनसीसी बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले हितग्राही (डिम्याट) खाताहरुलाई खाता संचालन शुल्क भुक्तानी गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गदैै यस्तो बताएको हो ।

प्रत्येक आर्थिक वर्षमा वार्षिक खाता संचालन बापतको शुल्क भुक्तानी गर्नुपर्ने ब्यवस्था अनुरुप आर्थिक वर्ष २०७८।०७९ को वार्षिक खाता संचालन शुल्क बैंकको शाखाहरु, मोबाइल वालेट इसेवा, आईएमई पे, प्रभु पे, खल्ती र कनेक्ट आइपिएसको माध्यमबाट भुक्तानी गर्ने बैंकले आग्रह गरेको हो ।

साथै, वार्षिक खाता संचाला शुल्क भुक्तानी गर्न बाँकी रहने हितग्राही खाताहरु उक्त वार्षिक खाता संचालन शुल्क भुक्तानी नगरेसम्मका लागि रोक्का गरिने बैंकले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्