आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त बीच मर्जर सम्झौता, स्पाप रेस्यो १००ः७० « Arthapath.com
२३ असार २०७९, बिहीबार

आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त बीच मर्जर सम्झौता, स्पाप रेस्यो १००ः७०



काठमाडौं । आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त बीच मर्जर सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच दुबै लघुवित्तले मर्जरमा जाने समझदारी गरेका हुन ।

प्रारम्भिक सहमति अनुसार दुई कम्पनीबीच १०० : ७० को स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ । अन्तिम स्वाप भने डीडीएपछि तय हुने कम्पनीले जनाएको छ । आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्यांग्जामा रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लामा रहेको छ ।

आँधिखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ । हालैमात्र आईपिओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्