आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का « Arthapath.com
२३ असार २०७९, बिहीबार

आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले २ लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर शेयर कारोबार रोक्का गरेको हो ।

दुई कम्पनी बीच बुधबारमर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । उक्त मर्जर प्रक्रिया नसकिएसम्म दुवै लघुवित्तको सेयर कारोबार रोक्का हुनेछ । हाल आँधीखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्