बैंक अफ काठमाण्डूले १० करोडको ऋणपत्र निष्काशर्न, कहिलेसम्म दिन सकिन्छ आवेदन ? « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

बैंक अफ काठमाण्डूले १० करोडको ऋणपत्र निष्काशर्न, कहिलेसम्म दिन सकिन्छ आवेदन ?



काठमाडौ । बैंक अफ काठमाडौले विहीबार देखि बार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ । बैकले सात बर्षे अवधिको बिओके डिवेन्चर, २०७८ (क) निष्काशन तथा विक्री खुल्ला गरेको हो । ऋणपत्र खरिदका लागि छिटोमा भदौ ७ गतेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको अवधि भित्रमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनत्तम २५ कित्ता, अधिकत्तम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका एक अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ४४ करोड रुपैयाँ बराबरको चार लाख ४० हजार कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ । बाँकी रहेको ६० प्रतिशत व्यक्तिगत रुपमा बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्टाईएको छ ।

बैकले ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । बैकले इक्रा नेपालबाट इक्राएनपि आईआर त्रिपल बी प्लस रेटिङ्ग पाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्