माछापुच्छ्रे बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

माछापुच्छ्रे बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह



काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३÷७४ देखि २०७६÷७७ सम्म वितरण गरेको नगद लाभांश हालसम्म पनि नलिएका शेयरधनीले यथाशीघ्र लिन अनुरोध गरेको हो ।

अहिलसम्म शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीहरूलाई पनि कम्पनीले यथाशीघ्र अभौतिकीकरण गरी आफ्नो डिम्याट अद्यावधिक गर्न अनुरोध गरेको छ । हाल शेयर विक्री गरिसकेका शेयरधनीले आफ्ना परिचयपत्रसहित कम्पनीको शेयर विभाग, पुतलीसडकमा सम्पर्क राखी लाभांश रकम लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्