कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि १ लाख २६ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि १ लाख २६ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौंं । कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख २६ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रले आफ्नो नाममा रहेको बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –भदौ १७ गते) ले ३५ दिन भित्र बैंककको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सकिनेछ ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्