प्रभु बैंकका ग्राहकलाई पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा आकर्षक छुट « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

प्रभु बैंकका ग्राहकलाई पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा आकर्षक छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटहरिचोक शाखा कार्यालय प्रमुख सुनीता गुरुङ्ग र पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का तर्फबाटप्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.द्धारा सञ्चालितल्या बोरेटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एण्ड स्पेशल अल्ट्रासाउण्डमा १० प्रतिशतका साथै व्रिmटोलोजी सेवामा १५ प्रतिशतछुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्