मर्जर सम्झौता गरेका दुई लघुवित्तको शेयर कारोबार रोक्का « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

मर्जर सम्झौता गरेका दुई लघुवित्तको शेयर कारोबार रोक्का



काठमाडौं । मर्जर सम्झौता गरेका धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीले आइतबार मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

मर्जरमा जाने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्जले २ वटै लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो । आइतवार भएको मर्जर सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेकाहुन ।

सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने निर्णय गरेको छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने भएका हुन ।


प्रतिक्रिया दिनुहोस्