प्रतिकित्ता १५० रुपैयाँमा एनएमबि बैंकको शेयर बिक्रीमा « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

प्रतिकित्ता १५० रुपैयाँमा एनएमबि बैंकको शेयर बिक्रीमा



काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले मंसिर २६ गतेदेखि संस्थापक समूह तर्फको ४४ हजार ७६१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको हुदाँ शेयरधनीहरुले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सक्नेछन् । यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयरमा आवेदन दिन चाहने इच्छुक बैंकका संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस ४ गते दिउँसो २ बजेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्