साना किसान विकास लघुवित्तका शेयरधनी मालामाल, कति दियो लाभांश ? « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

साना किसान विकास लघुवित्तका शेयरधनी मालामाल, कति दियो लाभांश ?



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिए पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्