गरिमा विकास बैंकको साधारण सभा पुष २२ गते, बुक क्लोज कहिले ? « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

गरिमा विकास बैंकको साधारण सभा पुष २२ गते, बुक क्लोज कहिले ?



काठमाडौं । गरिमा विकास बैंकको १६औं वार्षिक साधारण सभा पुष २२ गतेका लागि बोलाएको छ । बैंकको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले सभा होटल पोखरा ग्राण्ड पोखरा कास्कीमा बस्ने गर्री आव्हान गरेको हो ।

सभाले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्य सूची रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांशका लागि कम्पनीले पुष ८ गतेदेखि पुष २२ गतेसम्म बुक क्लोग गर्ने भएको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्