भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ? « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात पुस १ गतेदेखि लागू हुने गरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १३.१३३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत व्याज प्रदान गर्ने छ । बैंकको आधार दर ८.३३ प्रतिशत रहेको छ ।

बैंकले पुस महिनाका लागि पनि असोज महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको हो ।

?????????????????????????????????????????????????????????


प्रतिक्रिया दिनुहोस्