पुष अन्तिममा ६ लघुवित्तसहित १४ कम्पनीलाई साधारण सभाको चटारो, कुनको बोनस कति ? « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

पुष अन्तिममा ६ लघुवित्तसहित १४ कम्पनीलाई साधारण सभाको चटारो, कुनको बोनस कति ?



काठमाडौं । शनिबार (पुष ३० गते) १४ कम्पनीको वार्षिक साधारण सभा बस्दैंछ । आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरी सक्नु पर्ने ब्यवस्था अनुसार भोलि एकैदिन १४ कम्पनीको साधारण सभा हुदैं छ ।

६ लघुवित्त, १ बीमा कम्पनी, १ विकास बैंक, ३ हाइड्रोपावर र ३ फाइनान्स कम्पनी गरी १४ कम्पनीको साधारण सभा बस्दैं छ । अधिकांश कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेको छ । कम्पनीहरुले लाभांश सहित वित्तीय विवरण माथिको छलफलका एजेण्डा सहित साधारण सभा बोलाएका हुन ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष २० गते एकदिन बुक्लोजको गरेको हुदाँ पुष १९ गतेसम्म कायम शेयरधनीहरु मात्रै भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

साथै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेको आफ्नो १०औं वार्षिक साधारण सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले निर्णय गरे बमोजिम शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको उपयुक्त संस्थाहरू पहिचान गर्नेलगायत काम गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १७ गते बुक क्लाजगरेको हुदाँ पुष १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसगरी, गुराँस लघुवित्तले वार्षिक साधारण सभा भेडेटार भिलेज रिसार्ट, धनकुटामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुष २० गते बुक क्लोज गरेको हुदाँ पुष १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

त्यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा बैंक्वेट सूर्यविनायक नगरपालिका ५ घँलाते, भक्तपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २३ प्रतिशत बोनस शेयर पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष २० गते एकदिन बुकक्लोज गरेको हुदाँ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथों वार्षिक साधारण सभा दिनेश चौधरी संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृहचोक पोखरामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि १.५८ प्रतिशत नगद लाभांदिने प्रस्ताव पारित गर्ने छ ।

गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्य सूची समेत रहेको छ । साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष १९ गते एकदिन बुकक्लोज गरेको हुदाँ पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा आम्रपालि ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस लघुवित्त वित्तीय संस्थाले अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति आवश्यक भएकोमा आवस्थामा सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष १७ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुस १४ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

साथै विकास बैंक अन्तर्गत मुक्तिनाथ विकास बैंकले सोह्रौं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको १३.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यसका साथै जारी तथा चुक्ता पूँजी वृद्धि गरी ६ अर्ब ४२ करोड ९ लाख २७२ रुपैयाँ ५१ पैसा पुर्याउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस २० गते बुकक्लोज गरीसकेको छ ।

एक बीमा कम्पनी अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौ वार्षिक साधारण सभा युनाइटेड वर्ड टे«ड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।

कम्पनीको सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गर्ने कार्य सूची रहेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुष २२ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुष२१ गतेसम्म कायम शेयरधनीहरुले मात्र .सभामा भाग लिन पाउने छन् । यस अगाडीकै विशेष साधारणसभाबाट मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन

साथै, इस्टर्न हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा होटेल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै लाभांश सम्बन्धी प्रस्ताव गरेको छैन् । सभामा आर्थिक वर्ष २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव समेत समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ । सभा प्रयोजनका लागि यस कम्पनीले पुष २० गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुष १९ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १६औं वार्षिक साधारण सभा टाइम स्क्वायर लज बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २० गते बुक क्लोज गरेको हुदाँ पुष १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ९औं वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गुर्नका साथै चालु आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष २१ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुष २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यसैगरी, मल्टीपर्पस फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्याल राजिविराज सप्तरीमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.३५ अनुपातमा हकप्रद शेयर निष्कासन गरी पूँजी ६१ करोड रुपैयाँ पु ¥याउने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले हाल कम्पनीको पूँजी संमरचना संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत रहेकोमा संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, क्रम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिकका लागि लेखा परीक्षकको नियु्रक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्र्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २० गते बुक क्लोज गरेको हुदाँ पुष १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

पोखरा फाइनान्स लिमिटेडले आफ्नो २६औं वार्षिक साधारण सभा दरबारचोक बैंक्वेट बाँस्तोलाथर पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको छ ।

कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय पारित कम्पनीको मुख्य एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गतेदेखि पुष ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

त्यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा होटल एभोकाडो अर्किड रिसोर्ट, हेटौंडा मकवानपुरमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले कम्पनीलाई अन्य कुनै विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा मर्जर प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १८ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुष १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्