नबिल बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२४ माघ २०७९, मंगलवार

नबिल बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नबिल बैंक लिमिटेडले सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर लिलामीमा बिक्री आएको थियो ।

कम्पनीले उक्त लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । जसको न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ । आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्