अब ६ महिना भन्दा कम अवधिको लागि संस्थागत मुद्दती निक्षेप राख्न नपाइने « Arthapath.com
२६ माघ २०७९, बिहीबार

अब ६ महिना भन्दा कम अवधिको लागि संस्थागत मुद्दती निक्षेप राख्न नपाइने



काठमाडौं । अब ६ महिनाभन्दा कम अवधिको लागि संस्थागत मुद्दति निक्षेप राख्न नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले ३ महिना भन्दा कम समयावधिको व्यक्तिगत मुद्दती निक्षेप तथा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नपाइने जनाएको छ ।

राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ,–‘३ महिना भन्दा कम समयावधिको व्यतिmगत मुद्दती निक्षेप तथा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको वखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी÷ फिर्ता गर्न पाइने छैन ।’

यसअघि संस्थागत ६ महिनाभन्दा कम अवधिको मुद्दति निक्षेप पनि लिन पाउने व्यवस्था रहेको थियो । अब यस्तो निक्षेप न्युनतम ६ महिनाको हुनुपर्नेछ भने तोकिएको समयभन्दा अगावै प्रि–म्याच्योठ गराउने पाईने छैन ।


प्रतिक्रिया दिनुहोस्