लाभांश पारितका लागि ज्योति विकास बैंकको साधारण सभा कहिले ? « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

लाभांश पारितका लागि ज्योति विकास बैंकको साधारण सभा कहिले ?



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा फागुन १४ गतेका लागि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि बुक क्लोज गर्ने गरेको हुदाँ माघ २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्