३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिटिजन बैंक, हिमालयन क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

३ अर्बको ऋणपत्र निष्कासन गर्दै सिटिजन बैंक, हिमालयन क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्ने भएको हो ।

सो ऋणपत्र जारी गर्नका लागि बैंकले बुधवार हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँ दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानीकर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्