बैंकर पक्राउ प्रकरणः हिरासतको अवधि लम्बिएपछि बैंकर्स संघले डाक्यो पूर्ण बैठक « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

बैंकर पक्राउ प्रकरणः हिरासतको अवधि लम्बिएपछि बैंकर्स संघले डाक्यो पूर्ण बैठक



काठमाडौं । नेपाल बैंकर्स संघले विहीबारका लागि पूर्ण बैठक बोलाएको छ । सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ‘अव कसरी अघि बढ्ने’ भन्ने बारे निर्णय गर्ने एक बैंकरले बताए ।

तत्कालिन सेञ्चुरी कमर्शियल बैंकका कर्मचारी पक्राउ र म्याद थपको विषयलाई लिएर बैंकर्स संघले आफ्ना सबै सदस्यसँग छलफल गर्न खोजेको हो । बुधबार विहान बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबारमात्रै उनीहरुलाई पुनः ७ दिनको म्याद थपिएपछि बैंकरहरु ‘चुप लागेर नबस्ने’ नीतिमा पुगेका छन् । यसरी बसिरहँदा परिस्थिति झनै विग्रन लागेको देखिएपछि चिन्ता जाहेर गर्ने र बैंकरहरुलाई छुटाउने प्रयत्न गर्ने सहमति भएको बैठकमा सहभागि एक बैंकरले अर्थपथलाई बताए ।

बुधवार वा विहीबारसम्म मन्त्रीपरिषद विस्तार हुनसक्ने संभावना रहेकाले पनि फेरिएको राजनीतिक परिस्थितिमा अघि बढ्ने रणनीति तर्जुमा गर्न बैंकरहरुले थप छलफल आवस्यक भएको निष्कर्ष निकालेका छन् ।


प्रतिक्रिया दिनुहोस्