मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी प्रभाग बलम्बुलाई सिसी क्यामेरा प्रदान  « Arthapath.com
५ चैत्र २०८०, सोमबार

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी प्रभाग बलम्बुलाई सिसी क्यामेरा प्रदान 



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पहरी प्रभाग बलम्बुलाई ३ थान सिसी क्यामेरा  र २ थान गो प्रो क्यामेरा  हस्तान्तरण गरेको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बाट प्रहरीलाई सो सामाग्री सहयोग सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकका एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा, मिस्ड कल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 


प्रतिक्रिया दिनुहोस्