महिला लघुवित्तको मुनाफा साढे ४ करोडमा खुम्चियो, अन्य सूचक कस्तो ? « Arthapath.com
२९ माघ २०७९, आईतवार

महिला लघुवित्तको मुनाफा साढे ४ करोडमा खुम्चियो, अन्य सूचक कस्तो ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

कम्पनीको सो अवधिमा खुद नाफा ४६.१० प्रतिशतले घटेर ४ करोड ५५ लाख ७१ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्ष यस कम्पनीले ८ करोड ४५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । पुष समान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.४० प्रतिशतले घटेर १४ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा १४ करोड ८८ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै सञ्चालन नाफा पनि ४६.१० प्रतिशतले घटेर ४ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ६ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ, जगेडा कोषमा १६ करोड ७५ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ११४ रुपैयाँ ६३ पैसाबाट घटेर ६१ रुपैयाँ ७९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ७८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्