राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण « Arthapath.com
१९ बैशाख २०८०, मंगलवार

राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले कारोबार भइरहेको समयमा (११ः४८ बजे) लाभांश प्रस्ताव गरेको सूचना नेप्सेमा प्रकाशित गरेपछि कम्पनीको कारोबार रोक्का भएको हो ।

धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि यूथो सूचना सम्बन्धित सूचीकृत संगठित संस्थामा पेश गर्नुपर्ने ब्यवस्था रहेकोमा सो कम्पनीका पालना गरेको थिएन ।

कम्पनीको कारोबार रोक्का गर्नुका साथै ३ दिन भित्र के कति कारणले यस्तो हुनु पुगेको हो सो सम्बन्धमा स्पष्टिकरण समेत माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्