हालसम्म आठ लघुवित्तले गरे वित्तीय रिर्पोट सार्वजनिक, अधिकांशको मुनाफा ओरालो « Arthapath.com
२२ बैशाख २०८०, शुक्रबार

हालसम्म आठ लघुवित्तले गरे वित्तीय रिर्पोट सार्वजनिक, अधिकांशको मुनाफा ओरालो



काठमाडौं । हालसम्म आधा दर्जन लघुवित्तहरुले चालु आर्थिक वर्ष २०७९।०८० को तेस्रो त्रैमाससम्मको वित्तीय रिर्पोट सार्वजनिक गरेका छन् । संचालनमा रहेका लघुवित्त मध्ये आठ लघुवित्तहरुले रिर्पोट सार्वजनिक सार्वजनिक गरेका छन् । जसमा छ कम्पनीको नाफा ओरालो लागेको छ भने एक कम्पनी ऋणत्मक अवस्था र एक कम्पनीको नाफामा सुधार आएको हो ।

चैत मसान्तसम्मको अवधिमा नाफा बढाउने कम्पनीमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । यस अवधिमा कम्पनीको मुनाफा १७.१२ प्रतिशतले बढेर १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, समिक्षा अवधिमा आरएसडिसि लघुवित्तले ८ करोड ६० लाख २४ हजार रुपैयाँ मुनाफा गरको छ । जुन गत आर्थिक वर्षको भन्दा ८.८१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको मुनाफा ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्ममा सपोर्ट ग्रामिण विकास लघुवित्तको मुनाफा ७९.१८ प्रतिशतले घटेर ५ करोड ९० लाख ६ हजार रुपैयाँ, आत्मनिर्भर लघुवित्तको २७.६३ प्रतिशतले घटेर ४ करोड ४६ लाख ५ हजार रुपैयाँ, आशा लघुवित्तको ७३.२३ प्रतिशतले घटेर ३ करोड ३० लाख ४३ हजार रुपैयाँ र सपोर्ट लघुवित्तको ४२.८८ प्रतिशतले घटेर ६३ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ३२ लाख ७९ हजार रुपैयाँ मुनाफा रहेको धौलागिरी लघुवित्त चालु आर्थिक वर्षको सोहि अवधिमा भने ऋणत्मक अवस्था रहेको छ । कम्पनी ४१ लाख ६ हजार रुपैयाँ घाटामा रहेको छ ।

स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय रिर्पोट, रकम रु. हजारमा


प्रतिक्रिया दिनुहोस्