एक लघुवित्तको १९ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा « Arthapath.com
२६ बैशाख २०८०, मंगलवार

एक लघुवित्तको १९ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण सुरु गरेको छ । कम्पनीको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस सम्बन्धित सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो ।

फागुन १ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरेको र सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई क्रमश जम्मा गर्ने कम्पनीले जनाएको छ ।

हालसम्म भौतिक रुपमा सेयर धारण गर्नु भएका सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण भए पश्चात सम्बन्धित हितग्राही खातामा बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्