फागुन ३० गतेदेखि नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार « Arthapath.com
२७ फाल्गुन २०८०, आईतवार

फागुन ३० गतेदेखि नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार



काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । यी दुई कम्पनीले एक आपसमा मर्ज भई आगामी फागुन ३० गते एकीकृत कारोबार आरम्भ गर्ने भएका हुन् ।

यी दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । दुवै कम्पनी १:१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति पाइसकेको छ । यता, नेपाल धितोपत्र बोर्डले पनि गत कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका– ८ काभ्रेपलाञ्चोकमा रहने छ ।


प्रतिक्रिया दिनुहोस्