मर्जपछि नेरुडे र मिर्मिरे लघुवित्तले थाले एकीकृत कारोबार « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

मर्जपछि नेरुडे र मिर्मिरे लघुवित्तले थाले एकीकृत कारोबार



काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज अर्जात् फागुन ३० गतेदेखि एकीकृत कारोबार थालनी गरेका छन् ।

यी दुई कम्पनीले एक आपसमा मर्ज भई एकीकृत कारोबार आरम्भ गर्ने भएका हुन् । यी दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरेका हुन् ।

दुवै कम्पनी १:१ सेयर स्वाप अनुपातमा मर्ज भएका थिए । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति पाएको थियो ।

यता, नेपाल धितोपत्र बोर्डले पनि गत कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका– ८ काभ्रेपलाञ्चोकमा रहने छ ।


प्रतिक्रिया दिनुहोस्