डिप्रोक्स लघुवित्त डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
२ चैत्र २०८०, शुक्रबार

डिप्रोक्स लघुवित्त डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी चैत २५ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभाबाट पारित हुनेछ ।

सभमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका एजेन्डामा छलफल गरि पारित हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्