उपत्यकामा थपिए १ हजार ९ सय ३५ जना नयाँ कोरोना संक्रमित « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

उपत्यकामा थपिए १ हजार ९ सय ३५ जना नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

आज देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्