सक्रिय कोरोना संक्रमितको संख्या घट्दै, ५३६४ जना संक्रमणमुक्त, १९४५ जना थपिए, २२ जनाको मृत्यु « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

सक्रिय कोरोना संक्रमितको संख्या घट्दै, ५३६४ जना संक्रमणमुक्त, १९४५ जना थपिए, २२ जनाको मृत्यु



काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएका छन् । पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै भएपछि सक्रिय कोरोना संक्रमित घट्दै गएका छन् । कोरोना संक्रमितको संख्या घट्दै गएपछि लकडाउन हुने संभावना पनि कम हुँदै गएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

शुक्रबार देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन् । आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको १ लाख नाघेको छ । काठमाडौं उपत्यकामा हालसम्म १ लाख ८७२ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्