पेरिसडाडाँमा जस्तो कालो झण्डा होइन, रातो झण्डा बोक्ने हौँः प्रधानमन्त्री ओली « Arthapath.com
८ माघ २०७७, बिहीबार

पेरिसडाडाँमा जस्तो कालो झण्डा होइन, रातो झण्डा बोक्ने हौँः प्रधानमन्त्री ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड–माधव जस्तो पेरिसडाडाँमा कालो झण्डा नभई आफू रातो झण्डा बोक्ने रहेको बताएका हुन् ।

ओलीले भने, ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं ।’,

उनले थपे, ‘मलाई दन्तबजान गर्नु छैन । उहाँहरुले कालो झण्डा गाडेर बस्नुभएको छ, काला बेलुन उडाउनु भएको छ, कालो सपना देख्नुभएको छ, कालो मनसाय लिनुभएको छ । केही भन्नु छैन ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डले नाताबादको राजनीति गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले उनीमाथि नै ब्यङ्ग्य गर्दै जनता जनताका छोराछारीलाई खेलौना र आफ्ना छोराछोरीलाई विभिन्न पद तथा ओहदा दिएको बताए । ओलीले भने, “प्रचण्डले मेरा छोरीहरु छन्, ज्वाँईहरु छन्, हेर्नै पर्यो बनाउनै पर्यो, छोरी भएका मान्छेले त मेयर बनाउनै पर्यो, बनाउनको लागि भोट पुगेन भने मत पत्र च्यात्नै पर्यो, ज्वाइँ छन् के गर्ने घर किन्नै पर्यो, गाडी किन्नै पर्यो, पद ओहदा दिनै पर्यो, केपी ओलीका छैनन् कसलाई दिओस्, मेरा त छन् दिनै पर्यो ।”

प्रधानमन्त्रीले आफूलाई सन्चो भएको र सबै नेपालीका छोराछोरी आफ्नै सन्तान सरह नै रहेको बताए । प्रचण्ड लगायत उनका आफन्तलाई त्यहाँ पुर्याउने योद्धाहरुका छोराछोरी छन् की छैनन् भनि प्रधानमन्त्री ओलीले प्रश्न गरे । उनले भने, उहाँहरुलाई त्यहाँ पुर्याउने योद्धाहरुका छोरीहरु छन् की छैनन् ?आफन्तहरु छन् की छैनन् ?


प्रतिक्रिया दिनुहोस्